तिमी सङगै उभिन खोज्दा,
किन थर्थराउंछ्न मेरा पाइला हरु?
जमीन को सतह मिलेको छैन सायद,
त्यसैले फरक छ उचाई हाम्रो।।
समान उचाइ बन्न नसक्नुमा,
न त तिमी छौ दोषी,न त म नै
दोषी छ धरातल ।
जुन पटक्कै मिलेको छैन,
छन सयौं खाडल हरु।।
आउ हामी दुबै मिलेर समतल बनाउं
उचाई तिम्रो मेरो एकै बनाउं।।
एक अर्को बिना कसरी हुन्छ पुर्णता?
त्यसैले समान भाव राखेर अघि बढौ
आउ अहिंसा र सद्भाव लाई दृस्टिकोण बनाउं।
अनि तिमी लाई जन्माउने आशामा
मैले गर्भ मैं तुहिन नपरोस ।
कोपिला हरु यसै नचुडिउन,
यस्तै, यस्तै..कैयन खाडल हामी मिलेर पुर्नु छ।।
आउ सङगै सहअस्तित्व को खोजी गरौ,
आउ समानता को बिजारोपण गरौं।
म पनि निर्धक्क तिमी जस्तै,
समान उचाइ मा उभिन चाहन्छु,
अनि निडर भएर बोल्न।
जरै देखि उखेलेर फ्यांक्न चाहन्छु
विभेद र बिसङ्गती लाई
आउ हातेमालो गर्दै अघि बढौं।।

Progressive poet!
ReplyDeleteThank you
ReplyDeletethank you
ReplyDelete