Thursday, April 18, 2019

मुक्तक,





Image result for flower with honey bee images

फुल त भमराको लागि फुलेकै हुन्छन नि 
एक अर्कोको सामिप्यतामा भुलेकै हुन्छन नि
अर्काको प्रेमालापको जरा काट्ने धमिरा हरु-
प्रेमिल मनको बिश्वास काट्न डुलेकै हुन्छ्न नि।


Image result for life and struggle image

फुल को भमरा सङग के वास्ता
बास्ना मात्रै न हो उस्को रास्ता
सम्झौता नभये जिन्दगी मा
के आउथ्यो र जिउनु को मज्जा ?


Image result for road and the turning point


मोड आयो, मोडिए म बाटो फेरियो नठान्नु
सन्दर्भ अनुसार चल्ने हो, माटो फेरियो नठान्नु
सुगमता र सरलता देख्दा देख्दै अप्ठ्यारो रोज्नु किन?
मुक बस्न मन पराउने लाई , लाटो फेरियो नठान्नु।।

No comments:

Post a Comment