Thursday, April 18, 2019

मुक्तक,








Image result for bamboo

हेर्दै गर्दा पत्थर रसाएको पाएं
सुधिं हेरे बाँस बसाएको पाएं
तिम्रो मन ढुङ्गा को भन्दिन म
बिना सुसेली गीत सुसाएको पाएं।।



Image result for flying aeroplane


बिस्वास मा त विष हुन्छ भन्छन
बिकास मा झन रिस हुन्छ भन्छन
आकाश को बाटो उनै लाई खुल्छ
पास्पोर्ट मा छाप भिसा हुन्छ भन्छन।।


Image result for mother's love sketch



आमा को सामिप्यता मल्हम बन्छ दुखाइ मा
भोजन पनि स्वादिस्ट बन्दो रैछ पकाइमा
चारैधाम हुन आमा, खोज्नु बेकार बाहिर-
आनन्दित मन बन्छ ममता युक्त सिकाइमा।।


Image result for lovely eyes


माधुर्यता छर्छन आँखा
बाटो मनको कोर्छन आँखा
दोष यिनैको हो मन पराउनु 
मन कसै को चोर्छन आँखा।।

..


No comments:

Post a Comment