Thursday, April 18, 2019

मुक्तक









तिमिले के शुरु गरिथ्यौ, यता मलाई पिउंपिउं लाग्यो
ढुक्ढुकी यति बढ्यो कि मन मुटु नै दिउंदिउं लाग्यो
भाग्य मा सबै भएको कुरा चित्तबुझ्दो हुदैन प्रिय -
तिमी सङगै रमाइलो जिन्दगी जिउंजिउं लाग्यो।।

Image result for prime minister and helicopter and tornado in bara


चोट पनि लाग्यो मनमा, मुटु मेरो दुखेकै हो
स्थिती कस्तो रैछ भनि,आकास बाट हेरेकै हो
पद अनि पावर ठूलो , नजिक जान सकिन नि
देशभक्ती निभाउदै सहयोग नि गरेकै हो


Image result for thinker lady

भो अब यात्रा गर्नु छैन मलाइ 
चुहिने गाग्रीमा भर्नु छैन मलाइ
चाहेको ठाउमा जान नपाए पछि-
बिना सित्ती कोठा सर्नु छैन मलाइ।।



Image result for A beggar with gold bowl



खान लाउन पुगेकै छ, धेरै धन चाहियो किन 
रित्तो हातै जानु पर्छ ,नर्कको गीत गाइयो किन
हातमा सुन को कचौरा लिएर भीख माग्नेहरू
बेमेल अनि नसुहाउदो, प्रीत लाइयो किन ?






No comments:

Post a Comment