Wednesday, April 17, 2019

म हराउदैछु




Image result for frustration sketch images
कुनै दिन, 
अरु अघाउदा , नखाइ कनै
प्रशंसा ले मन भरिन्थ्यो।
सायद अब पुराना भएछन 
ती याद हरु पनि ।
कसैको स्मरण मा जिउदो 
छैन म।।
हराउदैछु म आफन्त को भीड बाट
सायद।।

प्रशंसा गर्ने हरुको गुनासा हरु ले 
मन भरिदै छ आजभोली।।
हुन त जसरी सिकें
उसैगरी बिर्सें पनि
समय ,
अभाब बन्दो रैछ कहिलेकाही
नपुरिने त्यो गहिराइ निर्मित हुनुमा।।

भारी होस या जिम्मेवारी ,
जे बोक्न पनि ताकत चाहिन्छ
सायद,
उमेर बढ्दै गएर हो कि 
गुनासाका भारी हरु 
बोझ लाग्छन आजभोली।
जिम्मेवारी पनि हुर्किदै छन
बिस्तारै,
जिम्मेवारिलाइ आफ्नै भाग्य ले
थेग्छ अवस्य ,
गारो रैछ गुनासा हरु थेग्नलाई।।

मीठो लाग्छ,
अनुभूति हरु सङगाल्न लाई
अनि हृदय पगाल्न पनि
डर लाग्छ,
जोडिएका हृदय हरु 
टुक्रिन्छ्न कि !
प्रिय् जन हरु 
लुटिन्छन कि भन्ने।।

No comments:

Post a Comment