Wednesday, June 12, 2019

फरक भुगोल





म बांचेको जस्तो 
रैन्छ उस्को जीवन
मैले सांचेको जस्तो 
देखिन उस्को भविस्य
तैपनी,
सुखी देखें उसैलाइ
खुशी साथ नाच्दै 
गाउदै रमाउंदै गरेको
पतझर जीवन बिच पनि
पालुवा पलाउंदै गरेको
हो,
उ नितान्त आफुलाइ 
नियाल्छ 
म आफू भित्र आफ्नालाइ 
खोज्छु।
उ निस्फिक्री उन्माद 
हांसोले अट्टहास दिन्छ
म किन्चित मुस्कुराउंछु
फरक 
भेद मा भेद देख्दिन म
उ आफुमा विभेद हेर्छ
अनगिन्ती दुख माझ पनि
आफुलाइ मनग्ये निखार्छ
चम्किन्छ ,
अन्धकार चिर्दै त्यो जुन
उज्यालो को किरण लिइ
भित्री साना घर भित्र 
चिहाउन पुग्छ 
जहाँ ,
अशिक्षा को अँध्यारो का 
झुपडी का महल हरु चिहाउंदै
बिस्तारिदै मान्छे नअट्ने 
ती झुपडी हरु लाई 
एकनास ले नियाली रहन्छ।
म बिबश ,
उसलाई पर्खिरहन्छु
उ आउला अनि विभेद र
बिसङगती लाई चिरेर 
निमिट्ट्यान्न पार्छ कि भन्ने
आशामा , एकटक 
उसलाइ हेरिरहन्छु म।।