आफ्ना अनिआफन्तका हातहरु छुट्छन भनें
शिशा जस्तै जोडिएका साथहरु फुट्छन भनें
फरक छैन जिन्दगिमा सफल हुनु नहुनुको -
सम्बन्धका रुख बाट पातहरु टुट्छन भनें।।
अबचेतन मस्तिष्कको द्वार कहिले खुल्छ कुन्नी?
नासवान यस शरीर प्रती मान्छे किन भुल्छ कुन्नी?
पन्च तत्व ले बनेको छ शरीर जीव र जन्तुको-
सांसारिक माया जाल बुन्दै किन घुल्छ कुन्नी?
पन्च तत्व ले बनेको छ शरीर जीव र जन्तुको-
सांसारिक माया जाल बुन्दै किन घुल्छ कुन्नी?
गुलाफ जस्तै हो जिन्दगी , एकदिनओइलिएर झर्नुपर्छ
जीवन चक्र पार गर्दै एकदिन सबैले मर्नुपर्छ
के सारो भागदौड अनि तंछाड र मछाड पनि-
रहंदैन सधै एकनास , एकदिन डेरा सबैले सर्नुपर्छ।।
जीवन चक्र पार गर्दै एकदिन सबैले मर्नुपर्छ
के सारो भागदौड अनि तंछाड र मछाड पनि-
रहंदैन सधै एकनास , एकदिन डेरा सबैले सर्नुपर्छ।।
सुर्योदय र सुर्यास्त सङगै रोकिइजान्छ जीवन
नयाँ बर्ष को स्वागत गर्दै सकिइजान्छ जीवन
के थियो उदेस्य कुन्नी यो सन्सार मा आउने
तेरो मेरो गन्दा गन्दै रित्त्तिइजान्छ जीवन।।
नयाँ बर्ष को स्वागत गर्दै सकिइजान्छ जीवन
के थियो उदेस्य कुन्नी यो सन्सार मा आउने
तेरो मेरो गन्दा गन्दै रित्त्तिइजान्छ जीवन।।
सहनशिलता को उपमा प्रकृति नै रिसाएपछी
सुन्दर शान्त देशमा बिपत्ती ले छाएपछी
मन झसङग हुदो रैछ दिन अँध्यारो परेपनी-
धेरै बिघ्न, बाधा अनि आपत्तीले सताएपछी।।
सुन्दर शान्त देशमा बिपत्ती ले छाएपछी
मन झसङग हुदो रैछ दिन अँध्यारो परेपनी-
धेरै बिघ्न, बाधा अनि आपत्तीले सताएपछी।।
No comments:
Post a Comment