Thursday, April 18, 2019

मुक्तक,





Image result for i don't want to live with you,husband wife quarrel sketch



बाध्यता मा अल्झाएर किन राख्नु जिन्दगिलाइ
सम्झौता मा बल्झाएर किन मार्नु जिन्दगिलाइ
सृष्टि को अनमोल उपहार हो जान्दाजान्दै
मुर्झाएर दुखी बनाइ किन छोडनु जिन्दगी लाई।।


Image result for amazing pen


कोठै भित्र बसि बसि सन्सार खल्बलाउछ यो
मौका मिले प्रेम को गीत मा सल्बलाउछ यो
गज्जब बनेको रहेछ यो कलम भन्ने चिज पनि
अनुत्तरित कति प्रश्न लेखी चल्बलाउछ यो।।


Image result for a lady looking backward



पछाडी पनि फर्किदै गर्नु
कहिले काहीं झर्किदै गर्नु
लामो रहेछ जीवन को यात्रा
मुस्कुराउदै लर्किदै गर्नु।।







मुक्तक,








Image result for bamboo

हेर्दै गर्दा पत्थर रसाएको पाएं
सुधिं हेरे बाँस बसाएको पाएं
तिम्रो मन ढुङ्गा को भन्दिन म
बिना सुसेली गीत सुसाएको पाएं।।



Image result for flying aeroplane


बिस्वास मा त विष हुन्छ भन्छन
बिकास मा झन रिस हुन्छ भन्छन
आकाश को बाटो उनै लाई खुल्छ
पास्पोर्ट मा छाप भिसा हुन्छ भन्छन।।


Image result for mother's love sketch



आमा को सामिप्यता मल्हम बन्छ दुखाइ मा
भोजन पनि स्वादिस्ट बन्दो रैछ पकाइमा
चारैधाम हुन आमा, खोज्नु बेकार बाहिर-
आनन्दित मन बन्छ ममता युक्त सिकाइमा।।


Image result for lovely eyes


माधुर्यता छर्छन आँखा
बाटो मनको कोर्छन आँखा
दोष यिनैको हो मन पराउनु 
मन कसै को चोर्छन आँखा।।

..


मुक्तक,





Image result for a lady with wrinkled forehead sketch



कता कता निधारतिर बुढ्यौली को चिन्न देखें
युवावस्था भन्दा आज आफूलाइ भिन्न भेटें।
यताकता कुरा भयो उमेर लाई हेरि खुबै 
सोधिहालिन उन्ले उमेर मुस्कुराउदै सोर्ह लेखें।।


Image result for A hungry  street child without parents


जन्मै नदे इश्वर तैंले, हालत यस्तो गर्छस भनें
मातृत्व र पितृत्व को, छाँया तैंले हर्छस भनें।
मन मस्तिष्क खल्बलिन्छ, जब भेट्छु यस्तो चित्र
पुजा पाठ किन गरौं? छैनस भनें तं पबित्र।।


Image result for diamond rays


हीरा बन्न सयौं चोट खान्छ होला पथ्थर ले नि
पाठ धेरै सिकाउछ मान्छे बन्न ठक्कर ले नि
जिवन ,बिश्वबिद्धालय मान्नै पर्ने भएको छ
चोट धेरै पाएपछी बन्छ मान्छे लठ्ठर ले नि।।

Image result for mother with bride daughter crying sketch in hindu ritual


मलाइ घर पठाउन कोशेली पात गर्यौ तिम्ले
भारी ठूलो तिम्रै मायां मन भरी भर्यौ तिम्ले
साच्चिकै नै चलाएको कस्ले हो यो रितिरिवाज?
मन मुटु मा गांठो पार्दै गोत्र समेत सार्यौ तिम्ले।


Image result for a sketch of victim of violence



फटाहाहरुले नारी अस्मिता लुटेका छन
कहिले धुर्तहरु देशलुट्न जुटेका छ्न
जुट्नु छैन कहिलेइ सहकार्य अनि सत्कर्म मा
खानु के परेर हो कुन्नी आपस मा फुटेका छन।।

.









मुक्तक,



Image result for adolescent couple sketch

मलाइ तिम्रो परेली मा बास समेत दिन्छौ भनें
जिवन भरि डोर्याउने आस समेत दिन्छौ भनें
सुटुक्क नै डेरा सरि आउछुअब तेतै तिर-
बाच्ने मन छ अलिदिन गास समेत दिन्छौ भनें।


Related image

सन्जाल आखिर सन्जाल हो
दुवै दिनको मायाजाल हो
कसैले यसलाइ भबिस्य ठान्लान
कहिलेकांहि त यो अपगाल हो।


Image result for road with destination


गोरेटो तिमी तिरै मोड्नुपर्छ अब
साइनो तिमी सङगै जोड्नुपर्छ अब
दुई मुटु एक ज्यान भैसकेपछी
तिम्रै फुलबारी गोड्नु पर्छ अब।।


Image result for bungalow with poor house

प्राय जसो झुपडिमै यो मन किन रम्छ होला?
झझल्को त्यो मनले पनि जन्मठाउं कै गम्छ होला
झुपडी नै भए पनि महल भन्दा प्यारो हजुर-
आँसु भित्र खुशी मिल्ने त्यही ठाउँ बन्छ होला।।


Image result for a couple walking same way sketch

सङगै हिंडे जस्तो गरि, खुट्टा मेरो काटिलियौ
नाटक यति राम्रो गर्यौ,मन मेरो साटिलियौ
कलियुग यस्तै हुन्छ, भन्ने समेत भुलेछु नि
बिश्वास अनि आस्था समेत अरु सबै ढांटिलियौ।


Image result for a damage flower pic


म नि हुन्थें तिमी जस्तै, मगमगाउंथें फुल झैं
सुवास छर्थें वसन्तमा ,जगमगाउंथें जुन झैं
फुल्नै पाइन तिमी जस्तो, निमोठिएं कोपिला मै-
बन्थें सायद तिर्खा मेट्नें, पबित्र त्यो मुल झैं।

.