नयां बर्ष,
बनोस सबैको हर्ष,
भित्ते पात्रो फेरिने मात्रै नबनोस
प्रकृति ले बिपत्ती को खाडल नखनोस
भुइचालो का पराकम्पन हरु
पुर्ण बिराम लाग्नुपर्छ
सबै जना निन्द्रा बाट जाग्नुपर्छ।।
नयां बर्ष
बनोस सबै को हर्ष,
परिपक्कता ले स्थान पाओस
देशले शान्ती को मान पाओस
जन्मिएको लोकतन्त्र ले
उचित सम्मान पाओस।।
नयां बर्ष
बनोस सबैको हर्ष,
सकारात्मक सोच को बिकास होस
रोकिएका काम हरु को निकास होस
मरेर जान्छ जिन्दगी -
भन्ने कुरा को अभास होस।।
नयां बर्ष
बनोस सबैको हर्ष
छिमेकिले सिमा लाई किमा नगरोस
भ्रष्टाचार लाई बीमा नगरोस
सुखद अनि आत्मिय बनोस
सबै लाई शुभकामना
नयां बर्ष को।।
No comments:
Post a Comment