कता कता निधारतिर बुढ्यौली को चिन्न देखें
युवावस्था भन्दा आज आफूलाइ भिन्न भेटें।
यताकता कुरा भयो उमेर लाई हेरि खुबै
सोधिहालिन उन्ले उमेर मुस्कुराउदै सोर्ह लेखें।।
जन्मै नदे इश्वर तैंले, हालत यस्तो गर्छस भनें
मातृत्व र पितृत्व को, छाँया तैंले हर्छस भनें।
मन मस्तिष्क खल्बलिन्छ, जब भेट्छु यस्तो चित्र
पुजा पाठ किन गरौं? छैनस भनें तं पबित्र।।
मातृत्व र पितृत्व को, छाँया तैंले हर्छस भनें।
मन मस्तिष्क खल्बलिन्छ, जब भेट्छु यस्तो चित्र
पुजा पाठ किन गरौं? छैनस भनें तं पबित्र।।
हीरा बन्न सयौं चोट खान्छ होला पथ्थर ले नि
पाठ धेरै सिकाउछ मान्छे बन्न ठक्कर ले नि
जिवन ,बिश्वबिद्धालय मान्नै पर्ने भएको छ
चोट धेरै पाएपछी बन्छ मान्छे लठ्ठर ले नि।।
मलाइ घर पठाउन कोशेली पात गर्यौ तिम्ले
भारी ठूलो तिम्रै मायां मन भरी भर्यौ तिम्ले
साच्चिकै नै चलाएको कस्ले हो यो रितिरिवाज?
मन मुटु मा गांठो पार्दै गोत्र समेत सार्यौ तिम्ले।
भारी ठूलो तिम्रै मायां मन भरी भर्यौ तिम्ले
साच्चिकै नै चलाएको कस्ले हो यो रितिरिवाज?
मन मुटु मा गांठो पार्दै गोत्र समेत सार्यौ तिम्ले।
फटाहाहरुले नारी अस्मिता लुटेका छन
कहिले धुर्तहरु देशलुट्न जुटेका छ्न
जुट्नु छैन कहिलेइ सहकार्य अनि सत्कर्म मा
खानु के परेर हो कुन्नी आपस मा फुटेका छन।।
कहिले धुर्तहरु देशलुट्न जुटेका छ्न
जुट्नु छैन कहिलेइ सहकार्य अनि सत्कर्म मा
खानु के परेर हो कुन्नी आपस मा फुटेका छन।।
.
No comments:
Post a Comment