दु:खमा मात्रै होइन, सुख मा पनि सम्झिन्छु
गर्मी भएर छहारी बस्दा,रुख मा पनि सम्झिन्छु
बुवा को त्यो प्रेम अनि आमा को यो माया-
पढ्दै गर्दा अक्षर चिनाएका क, ख मा पनि सम्झिन्छु।।
गर्मी भएर छहारी बस्दा,रुख मा पनि सम्झिन्छु
बुवा को त्यो प्रेम अनि आमा को यो माया-
पढ्दै गर्दा अक्षर चिनाएका क, ख मा पनि सम्झिन्छु।।
त्यो त्याग अनि बलिदान समेट्न सकिन्छ र
सहित्य को आकाश भित्र भेट्न सकिन्छ र
आमा को हृदय फेरि अन्यत्र कतै भेटेर-
आफू लाई राखेर ओगट्न सकिन्छ र।।
तिम्रो मेरो प्रेम को भाका अरुले चैं बुझ्नु हुन्न
तिमी रुझ्ने झरी बिच मैले पनि रुझ्नु हुन्न
टाढै बाट लगाइएको प्रीत मीठो हुन्छ भन्छन
समाज ले तिम्रो मेरो आधार के हो ? खोज्नु हुन्न।।
तिमी रुझ्ने झरी बिच मैले पनि रुझ्नु हुन्न
टाढै बाट लगाइएको प्रीत मीठो हुन्छ भन्छन
समाज ले तिम्रो मेरो आधार के हो ? खोज्नु हुन्न।।
मौका मिले धेरै थोरै मायां पनि साटौंला नि
जीवन गाडा गुड्दै जादा बाटो पनि काटौंला नि
फरक यत्ती मात्रै न हो जीवन हाम्रो फरक फरक-
जीवन को यात्रा बिच धेरै थोरै ढांटौला नि।।
फरक यत्ती मात्रै न हो जीवन हाम्रो फरक फरक-
जीवन को यात्रा बिच धेरै थोरै ढांटौला नि।।

No comments:
Post a Comment