Friday, May 9, 2025

Female Sexual Dysfunction

 


Female Sexual Dysfunction

Female Sexual Dysfunction ले यौन संभोगको कुनै पनि चरणमा हुने समस्या वा असहजतालाई जनाउँछ जसले महिलालाई यौन सन्तुष्टि प्राप्त गर्नबाट रोक्छ। यसमा यौन इच्छा, उत्तेजना, orgasm र यौन संभोगको समयमा दुखाइ ( Painful sex) लगायतका समस्या समावेश हुन्छन्।

Causes of Female Sexual Dysfunction:

शारीरिक कारणहरू:

  • हार्मोनल परिवर्तन (उदाहरणः मेनोपज, थाइरोइड समस्या)
  • गर्भावस्था वा प्रसूतिपछिको परिवर्तन
  • बाह्य जननांगमा swelling वा संक्रमण
  • मधुमेह, हृदय रोग वा उच्च रक्तचाप
  • केही औषधिहरूको  प्रभाव (एन्टिडिप्रेसेन्ट, गर्भनिरोधक पिल)

मानसिक कारणहरू:

  • तनाव, चिन्ता वा anxiety
  • आत्मविश्वासको कमी
  • यौन सम्बन्धमा गलत धारणा वा डर
  • बलात्कार वा यौन दुर्व्यवहारको अतीत
  • सामाजिक/सम्बन्धगत कारणहरू:
  •  Partner सँगको खराब सम्बन्ध
  • यौन विषयमा अपर्याप्त ज्ञान
  • सामाजिक दबाव वा धार्मिक वा सांस्कृतिक नियमहरू

Types of Female Sexual Dysfunction :

1. भ्याजिनिज्मस (Vaginismus)

भ्याजिनिज्मस एउटा अवस्था हो जसमा योनिको मुखमा मांसपेशीहरू स्वतः रूपमा संकुचित हुन्छन् र योनिमा प्रवेश गर्नु अत्यन्तै दुखाइदायी वा असम्भव हुन्छ।

कारणहरू:

  • मानसिक तनाव वा डर (यौन सम्बन्धको डर)
  • यौन दुर्व्यवहारको अतीत (Past history, trauma)
  • योनिमा swelling  वा संक्रमण
  • यौन विषयमा गलत ज्ञान वा अशिक्षा

उपचार:

  • यौन शिक्षा र मानसिक सल्लाह
  • योनिमा धीमा-धीमा प्रवेश गराउने विशेष डिभाइस (डिल्डो वा डिलेटर) प्रयोग
  • मानसिक स्वास्थ्य विशेषज्ञसँगको परामर्श

2. अनोर्गाजमिया (Anorgasmia)

अनोर्गाजमियामा महिलाले यौन संभोगको क्रममा orgasm पाउन सक्दैनन् वा धेरै ढिलो पाउँछिन्।

कारणहरू:

  • हार्मोनल असन्तुलन (उदाहरणः एस्ट्रोजन कमी)
  • केही औषधिहरूको प्रभाव (एन्टिडिप्रेसेन्ट)
  • तनाव, anxiety, depression वा चिन्ता
  • यौन सम्बन्धको बारेमा गलत धारणा
  • Partner सँगको खराब सम्बन्ध
  • Lacking of emotional support and intimacy

उपचार:

  • यौन शिक्षा र सञ्चार सुधार
  • मानसिक सल्लाह (काउन्सेलिङ)
  • हार्मोनल उपचार (यदि आवश्यक भएमा)
  • स्वयं सन्तुष्टि (masturbation) बारे शिक्षा

3. छिटो ओर्ग्याजम (Rapid Orgasm / Female Premature Orgasm)

केही महिलाहरूले यौन संभोग सुरु भएको केही सेकेन्डमै वा चाहनाभन्दा पहिले ओर्ग्याजम पाउँछिन्, जुन उनीहरूलाई असहजता दिन्छ।

कारणहरू:

  • तनाव वा घबराहट
  • अत्यधिक संवेदनशील क्लिटोरिस
  • यौन विषयमा अत्यधिक उत्तेजना
  • मानसिक वा भावनात्मक समस्या

उपचार:

  • मानसिक सल्लाह र यौन शिक्षा
  • यौन संभोगको तरिका परिवर्तन
  • केही औषधिहरूको प्रयोग (चिकित्सकको सल्लाहमा)
  • साँस लिने विधि र मेडिटेशनबाट तनाव कम गर्ने

4. डिस्प्यारुनिया (Dyspareunia)

डिस्प्यारुनियामा यौन संभोगको समयमा योनिमा दुखाइ वा असहजता महसुस हुन्छ।

कारणहरू:

  • योनिमा सुक्खा हुनु (लुब्रिकेशन कमी)
  • यौनजन्य संक्रमण (STI)
  • योनिमा swelling वा संक्रमण
  • मेनोपजका कारण एस्ट्रोजेनको कमी
  • एन्डोमेट्रिओसिस वा पेल्भिक इन्फ्लेमेटरी डिजिज (PID), PCOS, PCOD types of the hormonal imbalance

उपचार:

  • लुब्रिकेन्टको प्रयोग
  • संक्रमणको उपचार (एन्टिबायोटिक्स)
  • हार्मोनल थेरापी (एस्ट्रोजन क्रीम वा ट्याब्लेट)
  • सम्बन्धित चिकित्साको पूरा उपचार
  • यौन शिक्षा र सल्लाह

सारांश:

Types         problems                     Solution

भ्याजिनिज्मस योनिमा प्रवेश गर्न नसकिने मानसिक सल्लाह, Dilator प्रयोग

अनोर्गाजमिया ओर्ग्याजम नआउने यौन शिक्षा, काउन्सेलिङ

छिटो ओर्ग्याजम छिटो ओर्ग्याजम आउने तनाव कम गर्ने, यौन तरिका परिवर्तन

डिस्प्यारुनिया यौन संभोगमा दुखाइ लुब्रिकेन्ट, संक्रमणको उपचार



No comments:

Post a Comment