अलिकती थकान महसुस,
अलिकती गलेको जस्तो
लाग्न थालेको छ
आजभोली,
बिहानै कोइली गाउदैनन
चरा को चिर्बिराहट अंह
सुनेको छैन
सन्नाटा अनि भित्र म एक्लो छु।
कोलाहल बाट अलि पर
भिड बाट बेग्लै छ सन्सार अचेल।
मन को काम त दौडिने त हो
जता पनि पुग्छ
न भिसा न पास्पोर्ट
मन भित्र पसेर खल्बलि गर्दिन्छ मन
गज्जब को मन
मन र दिमाग को कुरा पटक्कै मिल्दैन
दिमाग को कुरो फिटिक्कै खादै खादैन
आफ्नो स्वभाव, स्वतन्त्र सङग रमाउछ
मन
त्यसैले मन , मन हो।
April 06, 2019

No comments:
Post a Comment