Sunday, May 12, 2019

"रीत"अनि "प्रीत" नारी आवाज






यस्तै छ, यसरी नै चलेको छ
संसार,
छाक टार्न गारो परेर
साहु को अगाडि
पसिना पुस्तै कुप्रो परेर बसेको
मेरो बाउ
बिबाह मा सात पुस्तालाई
सुन किन्न तत्पर हुन्छ किन?
किड्नी फेल भएर
जंचाउन लाग्दा , घडेरी जान्छ भनेर
हस्पिटल समेत जान नमान्ने
मेरि आमा,
तिमिले समेत नचिनेका
तिम्रा आफन्तलाई खुवाउंदा,
पैसा को परवाह गर्दिनन किन?
के छोरी को जन्म लिनु पाप हो ?
तै पनि सुख कहाँ छ र!
खै के रैछ
तिमिले दिएको त्यो सिंदुर मा
जब सिउदो भर्छु
झन्
कुरुप पाउछु आफुलाइ।।
अन्मिएर आफ्नो जन्मघर बाट,
तिम्रो घर तिर पाइला चाल्दै गर्दा
तिम्रो आवाज ले तर्सिएकी म
आज सम्म तिमि जत्ती
बोल्न सकेकी छैन।
खै के रैछ
तिमिले लगाइदिएको
सीसा को चुरा मा
बिहे को रातमा नै
फुटेर नाडिभरी
बनेका ती घाउ हरु
अझै निको भएका छैनन
जब
म तिम्रो घरमा आएं
तिम्रो आफन्त ले चिहाउन आएको
क्षण
के के ल्याएउ सबैलाइ?
पछि भए नि ल्याउनु
जस्ता शब्द ले
तिम्रो कहिले को रिण तिर्दै छु
भनेर सोच मा परेको थिएं म।
साच्चै,
तिमिले मलाइ कहिले के गुन लगाएको थियौ?
केही याद गराउ न मलाइ
के को लागी
बदलामा मैले यत्रो तिर्नुपर्ने ।
केही नभए शरीर काटिएर
म मर्नु पर्ने ।
आगो ले मेरो
शरीर डड्नु पर्ने।
कता छु म सुरक्षित?
न गर्भ मा , न जन्मिएको घरमा

न बिबाहित घरमा।।
बिराएं आखिर मैले के?
हराएं आखिर मैले के?
बिनासित्ती तिम्रो पौरुषत्व सङग
म पो तेसै डराएं।।

4 comments: